Logo

युभेन्ट्सद्वारा युसी साम्पडोरिया ३-० ले पराजित



ईटाली, ५ असोज । युभेन्ट्सले युसी साम्पडोरियालाई ३–० गोलले पराजित गरेको छ । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल र एक पास उपलब्ध गराएका थिए । युभेन्ट्सका लागि १३ मिनेटमा कुलुसेभ्सीले पहिलो गोल गरे। यो गोलका लागि रोनाल्डोले पास उपलब्ध गराएका थिए। ७८ मिनेटमा युभेन्ट्सले अग्रता दोब्बर पा¥यो।

बोनुचीले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए। खेल सकिन २ मिनेट बाँकी छदा युभेन्ट्सका लागि रोनाल्डोले तेस्रो गोल गरेका थिए। रोनाल्डोलाई गोल गर्न आरोन राम्सेले पास उपलब्ध गराएका थिए। त्यसअघि रोनाल्डोको प्रहार क्रसबारमा लागेको थियो। खेलमा एक हजार दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्