Logo

‘हिम चितुवा’ आङरिता शेर्पाको निधन



काठमाडौं, ५ असोज । नेपालका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । हिम चितुवाको उपनाले चिनिने शेर्पाको आज विहान जोरपाटीस्थित घरमा निधन भएको हो ।

सोलुखुम्बु जिल्लाको इलाजुङमा जन्मिएका उनी ७२ वर्ष पुगेका थिए । शेर्पा लामो समयदेखि अस्वस्थ थिए । उनलाई मस्तिष्क र लिबरको समस्या थियो ।

आङरिताले दशपटक अक्सिजनविना सगरमाथाको सफल आरोहरण गरेका थिए । गिनिज बुकको विश्व किर्तिमानी आरोहीमा उनको नाम छ । –Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्