Logo

बिएण्डसीमा कार्यरत एक डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीले जिते कोरोना संक्रमण



काठमाडौं, ५ असोज । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत एकजना चिकित्सक र ११ स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् । गत भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेको थियो । अस्पताल प्रशासनले सोमबार बिहान पत्रकार सम्मेलनमार्फत् कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई फूलको गुच्छा तथा खादा ओढाएर कोरोनामुक्त भएकोमा बधाई दिएको छ ।

उनले कोरोना संक्रमितलाई उपचार गर्न कोभिड अस्पतालमा नै पुर्याउनु पर्छ भन्ने भ्रमको अन्त्य गर्न र बिएण्डसी अस्पतालले सुरक्षित रुपमा उपचार सेवा सञ्चालन गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न आफ्ना स्टाफहरुको यहीँ उपचार गरिएको बताए । उनले भने-“काठमाडौं उपत्यका बाहिर पनि अस्पतालहरु छन्, तिनमा पनि उपचार हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न आफ्नै अस्पतालमा काम गर्ने परिवारका सदस्यहरुलाई अस्पतालमा नै आइसोलेशनमा राखेर हेरचाह गरियो ।”

 

 



प्रतिक्रिया दिनुहोस्