Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका १६ जना को को (विवरणसहित)



काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ३ महिलासहित १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १७ वर्षीया किशोरी पनि छन् ।

आज थपिएकासँगै कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो ।

आज मृत्यु हुनेमध्ये अधिकांश वृद्धवृद्धा छन् । काठमाडौं उपत्यकामा आज कोरोना संक्रमणबाट मृत्यु हुने ६ जना थपिएका छन् ।

मृतकको विवरण
१. भक्तपुरका ८४ वर्षीय पुरुष
२. भक्तपुरका ६२ वर्षीय पुरुष
३. काठमाडौंका ५८ वर्षीय पुरुष
४. काठमाडौंका ७३ वर्षीय पुरुष
५. ललितपुरका ५८ वर्षीया महिला
६. ललितपुरका ६१ वर्षीय पुरुष
७. झापाका ७२ वर्षीय पुरुष
८. सुनसरीका ४९ वर्षीय पुरुष
९. पर्साका ८८ वर्षीय पुरुष
१०. मकवानपुरकी १७ वर्षीया महिला
११. मकवानपुरकी ६८ वर्षीय पुरुष
१२. चितवनका ५५ वर्षीय पुरुष
१३. दोलखाकी ५२ वर्षीया महिला
१४. रुपन्देहीका ६७ वर्षीय पुरुष
१५. बाँकेका ५० वर्षीय पुरुष
१६. बाँकेका ५९ वर्षीय पुरुष

 



प्रतिक्रिया दिनुहोस्