Logo

ससुराको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ



नवलपरासी, ५ असोज । धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ससुरा कावासोती नगरपालिका शेरगञ्जका बिष्णु राईलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सुवास मगरलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

मगरले बिष्णुलाई खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका सुचना प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते बिष्णुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्