Logo

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुर, ५ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पवन बन्जारालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका बालकोटमा बस्दै आएका बन्जारा पक्राउ परेका छन् ।

बन्जाराले मध्यपुर ठिमी नगरपालिका स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा पैसा ननिस्केको भनि लात्तीले हानेको तथा बैंकका गार्ड र प्रहरी समेतलाई गालीगलौज समेत गरेपछि महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्