Logo

प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ



मोरङ, ५ असोज । प्याजको कालोबजारी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक मुकेश कुमार सहनी रहेका छन् ।

उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्