Logo

अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं, ५ असोज । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका गम्हरीयास्थित सहिद चोकबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राजदेबी नगरपालिका मुडबलवाका अरबिन्द जैसवाल र देवाही गोनाही नगरपालिका उचिडिहका वीरेन्द्र राम रहेका छन् । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी सिरहाको नबराजपुर गाउँपालिका कुसण्डिस्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको ५० बोतल डाईलेक्स डिसी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिकाका पशुपति कुमार यादव र सोही गाउँपालिकाका ओम प्रकाश यादव रहेका छन् । नवराजपुर वेस क्याम्पबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प २४४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै लालबन्दी नगरपालिका जुटपानीस्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ६६ सिसी विनसिरेक्स, ४ सय ५० ट्याब्लेट नाइट्राभेट र एकसय एमएलको ८७ सिसी डाइलेक्स डीसी सहित २ जनालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिपुर नगरपालिका जगतपुरका श्याम सुन्दर दास र बरहथवा नगरपालिका शान्ति टोलका अन्नत कार्की रहेका छन् । मलंगवाबाट नवलपुर आँउदै गरेको ना.१ ह ७३१५ नम्बरको अटो ईलाका प्रहरी कार्यालय नवलपुर तथा लालबन्दीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा बोराभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक दास तथा अटोमा सवार कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्