Logo

पायल घोषले अनुरागको घरमा भएको सत्यतथ्य घटना बाहिर ल्याइन



एजेन्सी, ५ असोज । बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । निर्देशकले भने आफुमाथि लगाएको आरोप निराधार र गलत भएको बताउदै आएका छन् । अभिनेत्री घोषले मिडियामा नै अनुराग कश्यपमाथि आरोप लगाएर सबै कुरा भनेकी थिइन् । घोषले अनु्राग नाङ्गै आएर जबरजस्ती गर्ने कोशिश गरेको आरोप लगाएकी थिइन् ।

पायलले एक अन्र्तवार्तामा २०१४ मा अनुरागले जबरजस्ती गरेको बताएकी थिइन् । निर्देशकसँग उनकै कार्यालयमा पहिलो पटक भेटेको पनि बताएकी थिइन् । अनुरागमाथि पायलले बारम्बार फोन गरेर बोलाएको, सामान्य कपडा लगाएर आउन लगाएको, सँगै खाना खाएको र उनको बारेमा सबैकुरा सोधेको समेत आरोप लगाएकी छिन् ।

अनुराग कश्यपले एकदिन पायललाई घरमा बोलाएका थिए । पायल घरमा जाँदा धुम्रपान गरेर बसेका अनुरागले उनको पुरानी श्रीमती कल्कीको जुत्ता देखाएका थिए । केटीहरुले रणबीर कपुरसँग फिल्ममा खेल्न आफुसँग केटीहरु सुत्नको लागि तयार भएको समेत बताएको आरोप पायलले अनुरागलाई लगाएकी छिन् ।

पायलले पटक पटक यसबारेमा बोल्न खोजेपनि घर परिवार र साथीहरुले भविष्यमा यस्ता समस्याबाट बच्नको लागि आफुलाई चुप रहन लगाएको खुलासा गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्