Logo

करीना कपुरको ४० औं जन्मदिन



एजेन्सी, ५ असोज । करीना कपुर खानले आज ४० औं जन्मदिन मनाएकी छिन् । करीना सबै परिवारको साथमा बिशेष तरीकाले जन्मदिन मनाइरहेकी छिन् । सैफ अलि खान र अमृता सिंहकी छोरी सारा अली खान पनि करीनाको यस खुशीमा सहभागी भएकी थिइन् । करीनाको दिदी करिश्मा कपुरले फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

त्यसैपनि जो कोहीको जीवनको ४० वर्ष बिशेष हुन्छ । अब उनी दोस्रो बच्चाको जन्म दिदैछिन् । व्यक्तिगत जीवनमा खुशीको यस चरणले सिनेमा अभिनेत्रीहरुको लागि अवसरको अभाव ल्याउँछ । यद्यपि करीनाले फिल्म यात्रालाई अगाडी बढाउँदै आएकी छिन् ।

आज ४० औं वर्षको करीनाको जन्मदिनको केक निकै शानदार बनाइएको थियो । केकमा लेखिएको थियो, ‘४० वर्षमा पनि शानदार’ । उनलाई ४० औं जन्मदिनको शुभकामना दिन बाबा, आमा, दिदी करिश्मा, भाई र सारा अली खान पुगेका थिए । फोटो सेयर गर्दै करिश्माले लेखेकी थिइन्, जन्मदिनको केटी हामी तिमीलाई तिमीलाई माया गर्छौ ।

करिश्माले बचपनको फोटो सेयर गरेर शुभकामना दिदै सबैभन्दा धेरै माया गर्ने बताएकी छिन् । करिश्मा र करीनाको उमेरको अन्तर जम्मा ६ वर्ष रहेको छ । यी दिदी बहिनी धेरै मिल्छन् । यो भन्दा पहिले करीनाले ४० औं जन्मदिनलाई लिएर एक पोस्ट गरेकी थिइन् जसमा लेखिएको थियो । ‘मलाई महिला बन्न मद्दत भइरहेको छ । जुन आज म भइरहेको छु । केहि गलत, केही सही, केही धेरै र केही ठिकठाक तर ठिक छ…४० वर्षमा धेरै माया ।’



प्रतिक्रिया दिनुहोस्