Logo

राजेश हमालद्वारा प्राविधिकलाई सहयोग



काठमाडौं, ५ असोज । नेपाली चलचित्रका महानायक राजेश हमालले आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । महानायकले ११३ जना प्राविधिकहरुलाई ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

महानायकले ५ लाख ६५ हजार बराबरको आर्थिक सहयोग उनका साथीहरुबाट प्राप्त गरेर हस्तान्तरण गरेका हुन् । उक्त रकम हस्तान्तरण गर्नुभन्दा पहिले सहयोग गर्ने व्यक्तिहरुको नाम लिएका थिए ।

लामो समयदेखि फिल्ममा नदेखिएका राजेश अब भने फिल्मको निर्देशन आफै गर्ने बुझिएको छ । उनले अवस्था सामान्य भएपछि फिल्ममा काम गर्ने आशय दिएका छन् । उनले यतिमात्र नभएर आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्न सक्ने पनि जानकारी दिएका छन् ।

धेरै कलाकारहरुले लकडाउनमा समस्या भएकाहरुलाई सहयोग गरेका थिए । फिल्ममा काम गरेर दैनिक गुजारा चलाउने प्राविधिकहरुलाई कोरोनाको कारण हातमुख जोर्न समस्या भएको छ । File photo



प्रतिक्रिया दिनुहोस्