Logo

केटो कान्छो भन्दै परिवारले पुर्याए बाधा



केटाको उमेर १९ केटीको उमेर २० वर्षको भयो । दुवैले एक अर्कालाई एकदम माया गर्छन् साथ साथै जिन्दगी बिताउन पनि चाहान्छन् । तर घरका परिवार र कानुुनले उनीहरुलाई बाधा पुर्याईरहेका छन् । केटीलाई घरबाट निस्कनै दिएका छैनन् । घर परिवारले केटाबाट केटीलाई छुटाउन खोज्दैछ ।

केटाको उमेर केटिको भन्दा १ वर्ष सानो भएकोले यस्तो समस्या भोग्नु परेको हो । लिहाजाको कानुनी अनुसार केटा अझैपनि विवाह गर्न योग्य भएका छैनन् । जबकी केटीको उमेर विवाहको लागि पर्याप्त छ ।

केटीका घर परिवारसँग दुखी भएर केटा पक्षले गुजरातको उच्च अदालतमा मुद्दा दायर गरेका छन्, जसमा प्रेमिकाको साथमा लिवइन रहने अनुमति मागेका छन् । केटाले आफ्नो मुद्दामा लेखेका छन्, जहिले विवाह गर्न योग्य हुन्छौ अर्थात २१ वर्ष पुगेमा प्रेमिकासँग विवाह गर्ने छौ । त्यतिन्जेल सम्म हामी सँगै बस्न पाउनुपर्ने र सँगै बस्न अनुमति दिन पनि आग्रह गरेका छन् ।

उनको मु्द्दा र माग सुनेपछि उच्च अदालतले लिवइनमा बस्न सक्ने बाटो खुल्ला गरेको छ । अदालतले केटा र केटीलाई दुवैको घरपरिवारले कुनै प्रकारको दबाब नदिन पदि आदेश दिएको छ । केटासँग भेट्न जानबाट रोक्नलाई केटीलाई घरमा नै कैदीलाई जसरी राखिएको थियो । केटीलाई थुनेर राखेपछि केटाले अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले दुवैजनालाई सँगै बस्न अनुमति दिएपछि हाल केटी केटाको घरमा बस्न गएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्