Logo

ब्राजिलमा करीब ८०% गाईमा भारतको साँढेको वंशाणु



ब्राजिलमा दुध उत्पादन अत्यधिक हुने गर्छ । जसको पुरा श्रेय भारतलाई जान्छ । ब्राजिलमा बढेको दुधको उत्पादन बढ्नुको मुख्य कारण भारतको साँढे मानिएको छ ।

वास्तवमा सेल्सो गार्सिया नामको ब्राजिलियन किसान र भावनगरका महाराजाबीच घनिष्ठ दोस्ती थियो । दोस्ती बढ्दै जाँदा महाराजले सेल्सोलाई कृष्ण नामका साँढे उपहार स्वरुप दिएका थिए । सेल्सोले साँढेलाई लिएर ब्राजिल गए । केही समयपछि कृष्ण मर्यो । तर आज पनि उनै कृष्णको करीब ८०% गाईमा कृष्णकै खुन रहेको छ ।

कृष्ण गुजरातको गिर देसी साँढे थियो । लिहाजा ब्राजिलका धेरैजसो गाई गिर प्रजातिका हुन् । ब्राजिलमा पाइने गिर प्रजातिको गाई भारत र ब्राजिलमा मात्र होइन विश्वको धेरै स्थानमा पाइए पनि भारतको नै चर्चा हुन्छ ।

एक अंग्रेजी वेबसाइट अनुसार ब्राजिलमा भएका गाईको जेनेटिकको प्रयोग गरी वैज्ञानिकले विट्रो फर्टिलाइजेसनको मद्दतबाट गिर प्रजातिको भ्रुणलाई विकसित गरेका हुन् । जसमा जन्म लिने गाईले २० वर्षसम्म दुध दिन्छ । खास कुरा त ब्राजिलमा यी गाईको लागि अति नै उपयुक्त हावापानी छ । एउटै गाईले दैनिक ६० लिटर सम्म दुध दिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्