Logo

कुकुरलाई अति माया गर्दा जिन्दगी बर्बाद



अतिले खति ! यो उखान एउटा घटनासँग चरितार्थ भएको छ । कुकुरलाई धेरै माया गर्दा एक व्यक्तिले निकै महंगो मुल्य चुकाउनु परेको छ । उनको जीवन नै बर्बाद भएको छ ।

४८ वर्षका ग्रैग मोन्टेउफुलले कुकुरले एक पटक चाट्दा महंगो मुल्य चुकाउन परेको हो । कुकुरलाई चाट्ने क्रममा खतरनाक ब्यक्टीरिया ग्रेगको रगतमा सरेर तिव्ररुपमा शरीरमा फैलिएको थियो । पछि खुट्टा नै काट्न परेको थियो ।

उनले जिन्दगीको धेरै समय कुकुरसँग बिताएका थिए । ग्रेगले कुकुरलाई निकै माया गर्थे । तर उनको माया नै उनको दुखको कारण भयो । उनले कुकुर चाट्दा इन्फेक्शन भएको हो ।

ग्रेगको रगतमा ब्याक्टेरिया पुग्यो र ब्लड प्रेसर कम भयो र शरीरमा त्यसको असर सिधै पर्यो । एक पटक शरीरमा ब्लड प्रेसर कम हुँदा अचानक हात र खुट्टाले काम गर्न छाडेको थियो । हाल उनको खुट्टा काटिएको छ । शरीरमा संक्राण फैलन सक्ने भएकोले नफैलनको लागि उनका दुवै खुट्टा काटिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्