Logo

सरकारी प्रयोगशालामा पीसीआर परिक्षण गराउनेको भीड, जोखिम उच्च



असोज ५, काठमाण्डौ । कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढिरहेको छ । तर स्वास्थ्य सतर्कताका मापदण्ड पालना भएको छैन । सम्भवत काठमाण्डौको टेकु अस्पताल मुलुककै सबैभन्दा धेरै जोखिमयुक्त क्षेत्र हुन सक्छ । तर त्यहाँ दैनिक हजारौँको संख्यामा पुग्ने सर्वसाधारणले सतर्कता अपनाएका छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ । उपत्यका प्रवेशमा खुल्ला गरेपछि काममा लागि राजधानी आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो । कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ ।

परिक्षणका लागि गेट बाहिर दिनहँु लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालको युनिट रिसर्च सेन्टरका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यस्तो भिडका कारण संक्रमणको जोखिम उच्च हुनेमा कुनै शंकै नभएको बताएका छन् ।

परिक्षण गर्न पुगेका मध्ये केहिले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहिले भने घरपेटीले कोरोना रिपोर्ट मागेकाले परिक्षण गर्न आएको बताएका छन् । सरकारले पटकपटक अह्वान र सचेत गराएको छ कि साजाजिक दुरी कायम गरौ भिडभाड नगरौ कम्तिमा २ मिटर दुरी कायम गरौ ।

तर आम जनताको वाध्यता भर्नौ या बेवास्ता । उपचारका लागि अस्पताल पुगेकाहरुको अवस्था यस्तै बनेको छ । उक्तमा अस्पतालमा हालसम्म करिव २९ हजार कोरोना परिक्षण गरिएको छ ।

काठमाण्डौको टेकु अस्पतालमा सोमबार देखिएको दृश्य :

 



प्रतिक्रिया दिनुहोस्