Logo

लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्दै सरकार



काठमाडौं, असोज ६ । सरकारले मुलुकभित्रै लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत सुधारको प्रयास थाल्दै हाल विद्यमान कानूनमा बाझिएका व्यवस्थालाई सुधार्न केही नेपाल ऐन संशोधनको गर्न लागेको छ ।

स्वदेशी र विदेशी लगानीलाई थप आकर्षित गर्न जग्गा प्राप्ति, वातावरण प्रभाव मूल्यांकन ९ईआईए०, विदेशी विनिमयलगायत हाल रहेका व्यवस्था केही बाझिएको भए संशोधन गर्न लागिएको उद्योग मन्त्रालयका उच्च अधिकारीहरूले बताए ।

त्यसका लागि उद्योग मन्त्रालयका सहसचिव डा। नारायण रेग्मीको संयोजकत्वमा निजीक्षेत्रका प्रतिनिधिहरू रहने गरी केही नेपाल ऐनको संशोधन विधेयक तयार पार्न समिति गठन गरिएको उद्योग सचिव चन्द्र घिमिरेले अभियानलाई बताए ।

एक महीनाभित्रै झन्झटिला रहेका विद्यमान कानून संशोधनको ड्राफ्ट बन्ने र संशोधन विधेयक छिट्टै तयार गरेर मन्त्रिपरिषद्मा पेश गरिने उद्योग सचिव घिमिरेले बताए । ‘समितिले लगानीसम्बन्धी कानूनमा रहेका विद्यमान झन्झटिला प्रावधान कुनकुन संशोधन गर्नुपर्ने हो, त्यसबारे निर्क्योल गरेर विधेयक तयारीको काम गर्नेछ,’ उनले भने ।

समितिमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्था छन् । त्यस्तै, अर्थ, कानून, वन, भूमि व्यवस्थालगायत सरोकारवाला मन्त्रालयका उच्च अधिकारीहरू समितिमा रहेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्