Logo

नेकपा सचिवालय बैठक, मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे छलफल हुने



काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दैछ । आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनको मापदण्ड तयार गर्नेबारे छलफल हुने बुझिएको छ ।

यसअघि पेरिसडाँडामा बसेको बैठकमा मन्त्रीमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गर्दाको मापदण्डबारे विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसमाथि छलफल भएको थियो ।

प्रधामन्त्रीबाहेक मन्त्रीमण्डल पुरै सेट परिवर्तन, कामको मूल्यांकनका आधारमा मन्त्रीहरु हेरफेर, साँढे दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्नेलगायतका विकल्पबारे आज पनि छलफल हुने बुझिएको छ । विशेषगरी सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारमा लाने या नलाने भन्ने विषयमा पनि यसअघि बैठकमा छलफल भएकाले आज पनि थप कुराकानी हुने भएको छ ।

गौतम र श्रेष्ठको विषयमा मन्त्री बनाउँदा संविधानत नमिल्नसक्नेबारे समेत कुरा उठ्न थालेको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्