Logo

म्यानचेष्टर सिटीको विजयी शुरुवात



एजेन्सी, ६ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी शुरुवात गरेको छ । गएको लिगमा दोस्रो स्थानमा चित्त बुझाएको सिटीले वुल्भरह्यामटनमाथि ३-१ को जीत हासिल गर्दै विजय शुरुवात गरेको हो ।

सिटीका लागि डी ब्रुनीले २० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा फोडेनले गोल गरे । तर, दोस्रो हाफमा बुल्भका लागि ७८ औं मिनेटमा पोडेन्सले गोल गरेपछि खेल निकै प्रतिष्पर्धात्मक भएको थियो ।

ग्राबिअल जेससले इन्जुरी समयमा गोल गरी जीत सुनिश्चित गरेका थिए ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्