Logo

मन्त्रिपरिषद बैठक बस्दै, पुनर्निर्माण प्राधिकरणको कार्यावधि थप्ने



काठमाडौं, ६ असोज । मन्त्रिपरिष बैठक अहिले विहान साँढे ९ बजे बस्दैछ । आजको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यवधि एक वर्ष थप्नेबारे निर्णय गर्ने बुझिईएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको थियो ।

प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा हिजो प्राधिकरण निर्देशक समितिको १७औं बैठक बसेको थियो । र, उक्त बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायतका महत्वपूर्ण संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने गरी समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी रिपोर्टर्स नेपाल डटकमलाई दिएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्