Logo

रामनारायण विडारीको प्रश्न : म भन्दा योग्य व्यक्ति को ?



काठमाडौं, ६ असोज । राष्टियसभाका सदस्य रामनारायण विडारीले आफू राष्ट्रिय सभाको लागि योग्य व्यक्ति रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”हामी के अयोग्य भयौं ? म भन्दा योग्य को ? म वरिष्ठ अधिवक्ता हुँ । म नेपालको बोनाफाईड सिटिजन हुँ । जम्मा तीन जना ल्याउनुपर्ने, एक जना नारी र दुई जना पुरुष ल्याउनुपर्ने । हामी मनोनयनमा पर्यौं । जो मान्छेले दलमा बसेको मान्छे ल्याउनुहुँदैन भन्यो, त्यो त निर्दलवादी मान्छे हो । यो व्यवस्था नै दलीय व्यवस्था हो । राष्ट्रिय सभाको औचित्यता हामीले अहिले पुष्टि गरिराखेका छौं ।”



प्रतिक्रिया दिनुहोस्