Logo

सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय ५१ जनाले जिते कोरोना



कैलाली, असोज ६ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८३ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय २९, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय नौँ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार नौँ सय दुई पुगेको छ। उनीहरु मध्ये १५ जनाको मृत्यु भईसकेको छ।

 



प्रतिक्रिया दिनुहोस्