Logo

अपराध बढ्यो, प्रहरीको मनोबल खस्कियो



काठमाडौं, ६ असोज । केही दिनअघि ललितपुरको एक सुन पसलमा गहना किन्न गएका व्यक्तिहरु नक्कली नोट दिएर फरार भए । करिब चार लाखको गहना खरीद गरी उनीहरु नक्कली नोट दिएर नाटकीय शैलीमा ठग्न सफल भएका थिए ।

पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी अब प्रहरीलाई बलियो र दक्ष नबनाए समस्या बढ्न सक्ने बताउँछन् । उनी भन्छन्,‘ समाजमा अब डिसअर्डर सुरु हुनसक्छ । कानूनको अवज्ञा सुरु हुनसक्छ । जब यस्तो अवज्ञा सुरु हुन्छ, सामाजिक मूल्य मान्यतामा कमी आउँछ । जब सामाजिक मूल्य मान्यतामा ह्रास आउँछ, समाजमा अपराधिक प्रवृत्ती मौलाउन थाल्छ । मान्छेका सोच्ने शैली परिस्थितिले बदलिन्छ । हिजो मान्छेलाई गलत लाग्ने कुरा अब सही हो कि जस्तो लाग्न थाल्छ । सामाजिक तथा पारिवारिकबीच यस्तो अवस्थामा अपराध भयावय हुन्छ । राज्यले नै यसमा तयारी गरेन भने अपराध नियन्त्रण बाहिर जान सक्छ । समाजमा भय बढ्न थाल्छ ।’

अपराधको यो शैली देशको पछिल्लो अवस्थामा देखिएको अपराधको नयाँ शैली भएको प्रहरी अधिकारीहरु बताउँछन् । कोरोनाले सिर्जना गरेको संकटले आर्थिक समस्यामा परेपछि मान्छेहरु यस्ता अपराधमा लागेका छन् । अझ आजभोलि सबै मास्क लगाएर हिड्ने भएकाले अपराध गर्ने पहिचान गर्न समेत समस्या हुने गरेको छ । जसले अपराधको जोखिम झन् बढाएको छ ।

लकडाउन खुलेसँगै देशमा अपराध बढ्न थालिसकेको छ । यस्तो बेला प्रहरीको मनोबल उच्च हुनुपर्नेमा प्रहरीको मनोबल भने खस्किदै गएको छ ।

महामारीको बेला प्रहरीलाई सरकारले प्रोत्साहित गर्न नसक्दा अबका दिन समस्या झन् बढ्न सक्ने जोखिम देखिएको छ । बेरोजगारी बढेसँग अपराध पनि बढ्न थालेको छ । तर त्यो अनुसारको तयारी प्रहरीबाट हुन सकेको छैन ।

पछिल्ला केही वर्षमा पेशेवर अपराधीबाट हुने अपराध स्वाट्टै घटेकोमा प्रहरीलाई हाईसञ्चो जस्तै थियो । कोरोनापछि बढेको बेरोजगारी र आर्थिक समस्याले प्रत्यक्ष रुपमा त्यसको असर शान्ति सुरक्षामा पर्ने र अपराध बढ्ने आँकलन प्रहरी प्रधान कार्यालयको छ । प्रहरीले यसमा सतर्कता बढाएपछि त्यस्ता अपराधसँग जुध्न प्रहरीको प्रष्ट कार्ययोजना भने छैन ।

लकडाउन खुुकलो भएसँगै अपराधका घटना बढ्न थालिसकेका छन् । जेठ महिनामा देशभरी दुई हजार तीन सय ९८ अपराधका घटना दर्ता भएको छ । साउनमा त्यो घटना बढेर तीन हजार ६ सय १८ पुगेको छ । साउन र भदौ घटना झन् बढेका छन् । असोजदेखि लकडाउन खुलेको र चाडपर्वको समय समेत सुरु भएकाले अपराध अझै बढ्ने प्रहरी आशंका छ ।

धेरै बेरोजगार भएकाले बाँच्नकै लागि पनि कतिपय अपराधमा लाग्न सक्ने महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको विश्लेषण छन् । ‘अनलाइनमार्फत हुने ठगी बढ्न थालेका छन्,’ उनी भन्छन्, ‘अब आर्थिक समस्याकै कारण अपराधमा लाग्न सक्ने जोखिम छ ।’ छिमेकी देश भारतमा पनि सडकमा हुने लुटपाटजस्ता अपराध र साइबर ठगीका घटना ह्वात्तै बढेको छ । अनलाइनबाट सस्तोमा सामान दिने भनेर ठग्ने, वेभसाइड ह्याक गरेर पैसा माग्ने जस्ता गतिविधि समेत बढ्न थालेका छन् ।

विगत केही वर्षयता पेशेवर अपराधीबाट हुने अपहरण, धम्की, तथा संगठित गुन्डागर्दी धेरै हदसम्म नियन्त्रणमा आएको थियो । यस्ता संगठित अपराध पनि अब बढ्न सक्ने प्रहरी चिन्ता छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलले मानव बेचबिखनका घटना पनि बढ्न सक्ने आकलन गरेको छ । लकडाउन खुलेपछि मानव बेचबिखनका घटना फाट्टफुट्ट देखिन थालेको र अबको दिनमा बढ्न सक्ने मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलिया बताउँछन् ।

अबको आर्थिक संकटले सामाजिक मूल्य मान्यता भत्किने र त्यो अवस्थामा प्रहरीले पूर्वतयारी नगरे अपराधको अवस्था प्रहरी नियन्त्रणबाहिर जान सक्ने पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको विश्लेषण छ । अबका दिनमा हुनसक्ने अपराधसँग जुध्न अहिलेदेखि नै प्रहरीले तयारी थाल्नुपर्ने उनी बताउँछन् ।

अन्य देशमा पनि कोरोना संकटसँगै नयाँ किसिमका अपराध देखिन थालिसकेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत यसससम्बन्धमा सचेत रहन सबै सदस्य राष्ट्रलाई सर्कुलर गरिसकेको छ । स्वास्थ्यसम्बन्धी नक्कली सामानको कारोबार र अनलाइनमार्फत हुने अपराध धेरै देशमा बढेको इन्टरपोलले जनाएको छ ।

साइबर अपराध बढ्यो

लकडाउन सुरु भएलगत्तै साइबर अपराध बढ्न थालिसकेका छन् । इन्टरनेटमार्फत हुने कारोबार बढेकाले त्यससम्बन्धी अपराध पनि बढेको प्रहरीको साइबर ब्यूरोको तथ्याङक छ । जेठयता साइबर अपराधसम्बन्धी उजुरी बढ्न थालेको साइबर ब्यूरोका सामाजिक सञ्जालबाट प्रभावमा पारी हुने ठगी तथा ह्याकिङका घटना विगतमा पनि बढेका छन् ।

लकडाउनको चार महिनाको अवधिमा मात्र ब्यूरोमा एक हजार एक सय २४ वटा उजुरी परेका छन् । अर्थात् दैनिक औसतमा १० वटा उजुरी पर्न थालेका छन् ।

लकडाउन सुरु भएयता नै साइबर अपराधसम्बन्धी उजुरी बढेको प्रहरीको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्याल बताउँछन् । ‘इन्टरनेटको पहुँच ५० प्रतिशतले बढेको छ, सबैको हातमा स्मार्ट फोन छ, जसको दुरुपयोग पनि बढेको छ,’ उनी भन्छन्, ‘विगतमा हामी फेसबुकले समस्या बढायो भन्थ्यौं, अहिले युट्युव र टिकटकबाट पनि साइबर अपराध बढ्न सकेको छ ।’ पछिल्लो समय अनलाइन कारोबार बढेकाले त्यसबाट पनि ठगीका बढ्दै गएका छन् । त्यस्तै निकटस्थ व्यक्तिहरुकै गोप्य फोटो तथा भिडियो इन्टरनेटमा राख्ने ‘रिभेन्ज पोर्न’ समेत नेपालमा देखिएको छ । बढ्दो साइबर अपराध नियन्त्रणमा सर्वसाधारण पनि सचेत हुनुपर्ने एसएसपी अर्याल बताउँछन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ । यसले संक्रमणलाई नियन्त्रण गरेपनि अपराधलाई भने बढाउने प्रहरीको चिन्ता छ । अपराधीको पहिचान गर्न मास्कले समस्या हुन थालेको छ । ‘सिसीटिभीमा अपराधी देखिए पनि अब पहिचान गर्न कठिन हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अपराध गर्नेहरुलाई सहज बनाएको हामीलाई, यसबाट प्रहरी अनुसन्धानमा कठिनाइ बढेको छ ।’

प्रहरीसँग के छ योजना ?

अपराध बढ्ने आँकलन गरेपनि प्रहरीले त्यसविरुद्ध कसरी लड्ने भन्ने ठोस योजना बनाएको छैन ।

यही बेला प्रहरीको प्रदेशमा समायोजनको तयारी भइरहेको छ । अपराध बढ्ने अवस्थामा प्रहरीको ध्यान समायोजना केन्द्रीत हुने भएकाले पनि यसबाट शान्ति सुरक्षामा असर पर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीलाई बलियो बनाइएन भने अवस्था भयावह हुनसक्छ ।

गत वर्ष समग्र अपराध घटेपछि सामाजिक अपराध र आत्महत्या भने बढेको छ । गत अघिल्लो वर्ष सामाजिक अपराध ११ हजार एक सय ८९ रहेकोमा पछिल्लो वर्ष ११ हजार चार सय ८१ पुगेको छ ।

सामाजिक अपराध अन्र्तगत सार्वजनिक शान्तिविश्रद्धको कसुर, कुटपिट, सार्वजनिक हितविरुद्धको कसुर, धर्मसम्बन्धी कसुर पर्दछन् । अघिल्लो आर्थिक वर्षमा यस्ता अपराध घटेकोमा पछिल्लो वर्ष बढेको छ ।

महिलाविरुद्धका अपराध उस्तै

गत वर्ष दुई हजार एक सय ४४ बलात्कार तथा ६ सय ८७ बलात्कार प्रयासका घटनाको प्रहरीमा दर्ता भएका छन् । अर्थात् दैनिक बलात्कार तथा बलात्कार प्रयासका दैनिक सात घटना हुने गरेका छन् । गत वर्ष यस्तो संख्या तीन हजार १६ अर्थात् थियो । पछिल्लो वर्ष थोरै कमी आएको छ ।

मानव बेचबिखन तथा बहुविवाह जस्ता अपराध घटेका छन् । मानव बेचबिखनका मुद्दा अघिल्लो वर्ष दुई सय ४७ वटा भएकोमा एक सय ६४ मात्र छन् भने बहुविवाहका मुद्दा एक हजार एक बाट घटेर सात सय ३४ मात्र छ । बोक्सीको आरोपमा यातना दिएको सम्बन्धी मुद्दा अघिल्लो वर्ष ४६ वटा दर्ता भएकोमा गत वर्षमा ३४ वटा दर्ता भएका छन् ।

ज्यानसम्बन्धी अपराधका घटना भने बढेका छन् । गत वर्ष ६ हजार नौ सय ९६ वटा घटना रहेकोमा यो वर्ष ७ हजार ए सय ५५ वटा छन् । जसमा सबैभन्दा धेरै भवितव्यसम्बन्धी चार हजार दुई सय वटा छन् । पछिल्लो वर्ष खुन डाँकाका मुद्दा शून्य छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघिल्लो वर्ष ६ सय ५९ रहेकोमा पाँच सय ५५ जनामा घटेको छ ।

यस्तो अवस्थामा प्रहरीलाई दिने भनिएको भत्ता समेत दिइको छैन । राशनभत्ता पनि बृद्धि हुन सकेको छैन । समयमा बढुवा नहुने र भएपनि चरम राजनीतिकरण हुने भएकाले पनि प्रहरी अधिकारीहरुको मनोबल खस्किएको छ ।

पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी अब प्रहरीलाई बलियो र दक्ष नबनाए समस्या बढ्न सक्ने बताउँछन् । उनी भन्छन्,‘ समाजमा अब डिसअर्डर सुरु हुनसक्छ । कानूनको अवज्ञा सुरु हुनसक्छ । जब यस्तो अवज्ञा सुरु हुन्छ, सामाजिक मूल्य मान्यतामा कमी आउँछ । जब सामाजिक मूल्य मान्यतामा ह्रास आउँछ, समाजमा अपराधिक प्रवृत्ती मौलाउन थाल्छ । मान्छेका सोच्ने शैली परिस्थितिले बदलिन्छ । हिजो मान्छेलाई गलत लाग्ने कुरा अब सही हो कि जस्तो लाग्न थाल्छ । सामाजिक तथा पारिवारिकबीच यस्तो अवस्थामा अपराध भयावय हुन्छ । राज्यले नै यसमा तयारी गरेन भने अपराध नियन्त्रण बाहिर जान सक्छ । समाजमा भय बढ्न थाल्छ ।’

गृह मन्त्रालय नै प्रहरीलाई बलियो बनाउन पक्षमा नदेखिएकाले पनि समस्या बढेको प्रहरी अधिकारीहरु बताउँछन् । दुष्टिबाट



प्रतिक्रिया दिनुहोस्