Logo

मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?



असोज ६ गते, मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो।

पछिल्लो एक साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। यस साता सुन प्रतितोला ९७ हजारकै आसपासमा रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ९१० बराबरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि यस दिन घटेर प्रति अउन्स २४ डलर भन्दा बढिमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेकाले सुनको मूल्य घटेको बताइएको छ । त्यसैको प्रभाव नेपाल सुनचाँदी बजारमा पनि परेको हो ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्