Logo

कर्मचारीको चुनाव स्थगित



काठमाडौं, ६ असोज । सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।

कर्मचारीको ट्रेड युनीयनको चुनाव २४ असोजका लागि तय भएको थियो । कोभिड १९ को जोखिमका कारण भन्दै चुनाव स्थगित भएको हो ।
चुनाव स्थगित भएसँगै अहिलेको पदाधिकारीले अझै केही समय नेतृत्व लिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot