Logo

टिचिङ जान चाहेका डा. केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लग्यो (भिडिओसहित)



काठमाडौं, ६ असोज । काठमाडौं आइपुगेका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केसी टिचिङ हस्पिटल जान चाहेका थिए । तर, प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर लगेको जनाईएको छ । एम्बुलेन्समै रहेका केसीलाई जबरजस्ती ट्रमा सेन्टर लैजान थालिएपछि केसीले भनेका छन्,‘यो प्रहरीको गुण्डागर्दी हो ।’

टिचिङमा कोरोना कारण नलैजाने भनेर प्रहरीले भनेको सुनिन्छ । लगत्तै, केसीले जवाफ दिन्छन्,‘तिमीले भन्नुपर्दैन् । म टिचिङ हस्पिटलको डाक्टर होईन ?’ केसीले आफूलाई जबरजस्ती उठाईएपछि आक्रोशित हुँदै भन्छन्,‘ए प्रहरी, तँ जति बलियो छस नि, म त्यति बलियो छु ।’  Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्