Logo

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा स्व कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त



वाग्मती, ६ असोज: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्व कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नेत्री प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पौडेलले प्रजातान्त्रिक आन्दोलन र महिला मुक्तिको आन्दोलनमा प्रधानले पुर्याएका छन् योगदानको चर्चा गरेका हुन् ।

‘नेपालको लोकतन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएकी तथा विभेदकारी सामाजिक परम्परा र पितृसत्तात्मक सोचले पछाडि पारिएका महिलाहरुको मुक्तिका लागि सशक्त र परिणममुखी आन्दोलनको नेतृत्व गरेकी सङ्घर्षशील व्यक्तित्व आदरणीय सहाना प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम