Logo

कोरोनाविरुद्धको भ्याक्सिनमा हालसम्म ३ अर्ब डलर लगानी, ३५ अर्ब थप आवश्यक रहेको डब्लूएचओको भनाई



एजेन्सी, ६ असोज । कोरोना भाइरसको खोप कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विकास र उत्पादनका लागी तीन अर्ब लगानी पर्याप्त नभएको र उक्त खोपको विकासका लागी अझ ३५ अर्ब आवश्यक रहेको डब्लूएचओले जनाएको छ । कोरोना भाइरसविरुद्व कोभ्याक्स निकै प्रभावकारी देखिएको कारण र उक्त खोप सम्पूर्ण धनी तथा गरिब मुलुकका लागी सस्तो रकममा उपलब्ध हुने कारण यसको विकास र उत्पादनमा डब्लूएचओले जोड दिएको हो ।

केही ठूला राष्ट्रहरुले उक्त खोपको विकासका लागी रका सहयोग गरेको छ । तर, उक्त रकम पर्याप्त नभएको जनाइएको छ । कोरोना खोप विकास भएमा उक्च खोपलाई गरिब मुलुकमा सजिलै प्रदान गर्ने योजना डब्लूएचओको रहेको छ ।

विश्व नै कोरोना भाइरसले त्रसित हुँदा ठुला राष्ट्रहरुले गरेको सहयोग निकै कम देखिएको छ । कोरोना भाइरसमा गरिएको लगानी एक अनुदान मात्र नभइ यो सम्पूर्ण विश्वको लागी भएको कारण ठुला राष्ट्रलाई गम्भीर रुपमा प्रस्तुत हुन डब्लूएचओ आग्रह रहेको छ । कोभ्याक्सका विकासका लागी तुरुन्तै १५ अर्ब चाहिएको डब्लूएचओका प्रमुखले बताएका छन् । प्रमुखका अनुसार कोभ्याक्स तयारी अवस्थामा रहेको र यसको २ अर्ब डोस अर्का बर्षको अन्तयसम्म आउने जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्