Logo

अष्ट्रेलियामा दुई सय ७० वटा ह्वेललाई बचाउन खोज्दा…



एजेन्सी, ६ असोज । अष्ट्रेलियाको तास्मेनिया टापुमा उद्वारकर्ताहरुले करिब दूई सय ७० वटा ह्वेललाई बचाउने प्रयास गरिरहेका छन् । त्यस टापुभित्र अत्यधिक संख्या ह्वेल देखिन थालेपछि उद्वारकर्ताहरुलाई ब्हेललाई बचाउन प्रयास गरेका थिए ।

ह्वेल टापुको माटोभित्र अड्केको र कतिपयको त्यसकारण मूत्यु भएको छ । त्यसकारण उद्वारकर्ता व्हेललाई बचाउन अत्यावश्यक सुझबुझका साथ उद्वार गर्ने योजना बनाए रहेका जनाइएको छ । उक्त क्षेत्रमा दशकपछि देखिएको जनाइएको छ ।

कतिपय ह्वेलहरु ठूलो रहेको कारण उद्वार गर्न निकै कठिन हुने जनाइएको छ । उक्त कार्य करिब ६० जना उद्वारकर्ताहरु खटिएको जनाइएको छ । व्हेलहरु ज्मातमा एक ठाउँ बाट अर्का ठाउँ जाने गर्दछ । मानिएको छ की ह्वेलको समूहको प्रमूखको इसारामा अर्का व्हेलहरु जन गर्दछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्