Logo

अख्तियारद्वारा त्रिविको उत्तरपुस्तिका नष्ट गरिएको प्रकरणमा छानविन



काठमाडौं, ६ असोज । त्रिभुवन विश्वविद्यालयबाट लिइएको एउटा विवादास्पद परीक्षाको उत्तरपुस्तिका अदालतलगायतका निकायको आदेश नमानेर धुल्याइएको विषयले जिम्मेवार अधिकारीहरु तानिने सम्भावना देखिएको छ । २०७५ सालको पुसमा लिइएको सतानकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टर मेकानिक्सको प्रश्नमा पाठ्यक्रम बाहिरबाट प्रश्नपत्र आएको भनी पुनः फिर्ता लिएर पुनः परीक्षा सञ्चालन गरेपछि उजुरी परेको यो प्रकरणमा त्रिविले जर्बजस्ती उत्तरपुस्तिका धुल्याएपछि अख्तियार दुरुपयोग अनुसन्धानले पनि छानविन गरिरहेको छ ।

अख्तियारले उत्तर पुस्तिकाबारे आयोगबाट छानविन भइरहेको जानकारी दिएको छ । उजुरीकर्ता आशिष पौडेलले सुचनाको हकसम्बन्धी कानुन बमोजिम सुचना माग गरेपछि अख्तियारले त्यस्तो जानकारी गराएको हो । तर, उजुरीकर्ता आशिष पौडेल नभई अरु नै भएको देखिएकाले उजुरकताृ स्वंयले सूचना माग गरेको खण्डमा सूचना उपलब्ध हुने जनाएको छ ।

यसैगरी, २१ माघ २०७६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको उजुरी दर्ता को सम्बन्धमा निर्णय अनुसार यो विषय तामेलीमा रहेको समेत जनाएको छ । यसैगरी १४ चैत्र २०७५ मा दर्ता भएको उजुरीमाथि १० साउन २०७६ को निर्णय अनुसार तामेलीमा रहेको समेत अख्तियारका सूचना अधिकारी गणेश बहादुर अधिकारीले पत्र लेखेका छन् ।

उत्तरपुस्तिकालगायत परिक्षा सम्बन्धि प्रतिवेदन नष्ट गरी प्रमाण लोप गरेको भन्दै अख्तियारलगायत निकायमा उजुरी परेको हो ।

यसअघि त्रिविको भौतिशास्त्रतर्फ क्वान्टरमेकानिक्सको प्रथम सेमेष्टरको २०७५ पौषको परिक्षामा ४५ पूर्णांकमा ३५ अंक पाठ्यक्रमबाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिएको र परिक्षा गरेकोमा उजुरी परेपछि सरकारका जिम्मेवार निकायहरुले विवाद समाधान नभएको भन्दै नधुल्याई सुरक्षित रुपमा राख्न भनेका थिए ।

यो प्रकरणमा त्रिविकी तत्कालिन शिक्षाध्यक्ष सुधा त्रिपाठी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राध्यापक डा. रामप्रसाद खतिवडा विवादमा परेका छन् । यो प्रकरणमा त्रिविबाट गम्भीर त्रुटी भएको प्रमाण समेत रहेकाले लहरो तान्दा पहरो झर्ने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्