Logo

‘तत्काललाई मन्त्रिमण्डल पूनर्गठन टर्यो’



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे कुनै छलफल नै नभएको बुझिएको छ । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले आजको बैठकमा यसबारेमा कुनै छलफल नै नभएको रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले भने,‘आजको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएन ।’ खनालले दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन हुने जनाएका छन् । तर, तत्काललाई भने पूनर्गठन टरेको उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्