Logo

आज १३ सय ५६ जनामा कोरोना संकमण पुष्टि



काठमाडौं,  ६ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय  ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४८ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । आज ८२३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्