Logo

दाजुद्वारा बहिनी बलात्कृत



काठमाडौं, ६ असोज । आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया बालिका बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं शान्तिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी ओखलढुङ्गामा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढीका राना टोल बस्ने डिक बहादुर राना मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको ।

ती महिलालाई आइतबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखेबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्