Logo

रक्तचन्दन कारोबारमा संलग्न ४ जना पक्राउ



काठमाडौं, ६ असोज । रक्तचन्दनको कारोबार गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका बौद्ध तीनचुलीबाट ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नुवाकोट घर भई काठमाडौं बौद्ध बस्दै आएका ओम बहादुर तामाङ, किशोर, काभ्रे घर भई ललितपुर बस्कदै आएका र्नेस तामाङ र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने लाक्पा लामा रहेका छन् ।

अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुडा बरामद गरेको बताएको छ ।

उक्त रक्तचन्दन आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्