Logo

अध्ययनले भन्छ-मास्कले भ्याक्सिनकै काम गर्न सक्छ,मास्ककाे भरमा काराेना जित्ने देशहरूकाे लामै लिस्ट



विश्वका कयौँ देशहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । तीमध्ये अमेरिका र भारतको अवस्था अधिक खराब रहेको छ ।

कोराना भाइरसका कारण मर्ने मानिसहरुको संख्या हेर्ने हो भने सबैभन्दा धेरै अमेरिकामा नै रहेको छ । त्यहाँ २ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

एक समय थियो, जब जापान, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरुमा संक्रमणका मामलाहरु अधिक तीव्र गतिमा बढिरहेको थियो, तर उनीहरुले बिना भ्याक्सिन भाइरसमाथि रोक लगाइदिए र कोरोना फैलने गतिलाई अधिक सुस्त बनाइदिए । यि देशहरुमा भाइरस कसरी नियन्त्रण भयो त?

मास्कबाट भयो सबै सम्भव

विश्वभरका वैज्ञानिक कोरोनाबाट बच्नका लागि मानिसहरुलाई मास्क लगाउने सल्लाह दिइरहेका छन्। यसलाई जापान, दक्षिण कोरिया र सिंगापुरले अधिक गम्भीरताका साथ लियो र ठूलो मात्रामा मानिसहरुले पनि मास्क लगाउने नियमको पालना गरे । यसबाट तीव्र गतिमा फैलिदो संक्रमणमाथि अधिक मात्रामा लगाम लाग्यो। यि देशहरुमा भाइरस नियन्त्रणमा भएपनि मानिसहरु सतर्क छन् र मास्क लगाएर बाहिर निस्कन्छन् । नेपाल, अमेरिका, भारत जस्ता देशहरुमा मानिसहरु बिना मास्क आरामले यात्रा गरिरहेका छन्, जसको परिणामस्वरुप आज यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

भ्याक्सिनले जस्तै काम गर्छ मास्क

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा केही दिन पहिले एउटा रिपोर्ट प्रकाशित भएको थियो, जसमा वैज्ञानिकहरुद्धारा बताइएको थियो कि, कपडाबाट बनेको मास्क यदि सबै मानिसहरुले पूरै सतर्कताका साथ र सही तरिकाबाट लगाए भने यसले भ्याक्सिन सरह काम गर्दछ ।

रिपोर्टका अनुसार, यदि सबै मानिसहरुले मास्कको उपयोग गर्छन् भने यस्तोमा संक्रमित व्यक्तिबाट स्वस्थ मानिसहरुको शरिरमा भाइरस फैलने सम्भावना अधिक मात्रामा कम हुन्छ र यदि फैलियो भने पनि कम मात्रामा भाइरस हुने कारण व्यक्तिको शरिरमा भाइरस लोड कम हुनेछ, जसबाट गम्भीर रुपमा बिरामी हुने खतरा रहदैन ।

के एन–९५ मास्क सुरक्षित छ?

खासमा एन–९५ मास्कमा भल्भ हुन्छ र विशेषज्ञहरुका अनुसार, भल्भ भएको मास्क प्रयोगकर्ताको रक्षा त अधिक मात्रामा गर्छ नै तर भल्भ भएका कारण यसबाट अर्काे दोस्रो व्यक्तिको शरिरमा भाइरस प्रवेशको खतरा हुनसक्छ। त्यसैले केही वैज्ञानिकहरुले भल्भ भएको मास्क नलगाउन सल्लाह दिएका छन् ।

कुन मास्क सुरक्षित?

विशेषज्ञहरुका अनुसार, सूतीको कपडाबाट बनेको मास्क संक्रमणको खतराबाट बच्नका लागि सबैभन्दा अधिक प्रभावकारी हुन्छ । यसलाई तपाईले घरमा नै बनाउन सक्नुहुन्छ वा बाहिर बजारबाट पनि खरिद गर्न सक्नुहुन्छ । यद्यपी केही किन्नुभन्दा पहिले सावधानी अपनाउन जरुरी छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्