Logo

एकैदिन काठमाडौंमा ६४७ कोरोना संक्रमित थपिए



काठमाडौं,  ६ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३  सय ५६  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४७ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पिसीआर परिक्षणमा  १३ सय  ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८२३  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ४८ हजार  ६१ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५११ जना र ललितपुरका ७३ जना र भक्तपुरका   ६३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ६६ हजार ६ सय ३२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्