Logo

अनुराग कश्यपले परिणीतिसँग सुशान्तले फिल्म खेल्न अस्विकार गरेको खुलासा



एजेन्सी, ६ असोज । फिल्म निर्माता अनुराग कश्यपले भर्खरै मात्र सुशान्त सिह राजपुतको म्यानेजरसँग वाट्सएप च्याट सेयर गरेका छन् । अनुरागको अनुसार सुशान्तसँग परिणीति चोपडाले काम गर्न समस्या भएको भन्दै सुशान्तसँग फिल्म ‘हंसी तो फंसी’ मा खेल्न अस्वीकार गरेकी थिइन् ।

अनुरागले दिएको ताजा अन्र्तवार्तामा परिणीति चोपडाले सु्शान्तसँग काम गर्न अस्विकार गरेको खुलाशा गरेका हुन् । उनले भनेका छन्, हंसी तो फंसी फिल्म गर्न कलाकारको खोजी भइरहेको थियो । हामी परिणीति चोपडाको मा पुग्यौ तर उनले सिधै टेलिभिजन कलाकारसँग काम नगर्ने बताइन् । त्यो समयमा उनले शुद्ध देसी रोमान्स पनि गरिरहेकी थिइन् । त्यसपछि यशराजले सुशान्तलाई बोलाएर शुद्ध देसी रोमान्समा काम गर्ने अफर दिए । त्यसपछि सुशान्तले आफुसँग सम्र्पक नगरेको बताएका छन् ।

अनुरागले यशराजको सम्र्पकमा जानु सुशान्तलाई एक ठुलो अवसर भएको बताएका छन् । यी दुवै फिल्ममा परिणीतिले अहम भुमिका निभाएकी थिइन् । जहाँ उनले हसी तो फंसीमा सिद्धार्थ मल्होत्रासँग रोमान्स गरीन् । शुद्ध देसी रोमान्समा परिणीति र सुशान्तको जोडीलाई फ्यानहरुले धरै रुचाएका थिए ।



प्रतिक्रिया दिनुहोस्