Logo

दिपिका पादुकोणको लागुऔषधमा नाम जोडियो



एजेन्सी, ६ असोज । बलिउड अभिनेत्री कंगना रनौत केहि दिन यता बलिउड हस्तीहरुलाई निशाना बनाएकी छिन्, जसमा अभिनेत्री दिपिका पादुकोणको नाम पनि उल्लेख गरेकी छिन् । समाचार एजेन्सीका अनुसार ड्रगको केसमा दिपिका पादुकोणको पनि नाम रहेको छ र अब उनलाई एनसीबीले सोधपुछ गर्न सक्छ ।

दिपिका बलिउडको एक सफल अभिनेत्री हुन् । उनका पिता प्रकाश पादुकोण आफ्नो जमनामा ब्याडमिन्टनको नामुद खेलाडी थिए । दिपिका पनि एक समयमा खेलाडी बन्ने कोशिशमा थिइन् । खेल क्षेत्रमा माथि पुगेकी दिपिकाले पछि ग्लैमर वल्डलाई अपनाएकी हुन् । उनी धेरै सोचेरमात्र बलिउडमा प्रवेश गरेकी हुन् ।

केही समय अघि दिपिका डिप्रेशनसँग जुधेकी थिइन् । उनले आफ्नो मानसिक अवस्थाको उल्लेख पनि बहादुरीको साथ गरेकी थिइन् । डिप्रेशनमा गएकी दिपिकाले डिप्रेशनमा जानु नराम्रो नभएको भन्दै यसको उपचार सम्भव भएको बताउदै आएकी छिन् ।

अहिलेसम्म दिपिका र जाँच एजेन्सीले आधिकारीक तरिकाले बताएको छैन् । यसैबीचमा कंगनाले दिपिकालाई आरोप लगाउन बाकी राखेकी छैनन् र ट्विटरमा निशाना बनाइरहेकी छिन् ।

कंगनाले दिपिका पादुकोणको उक्त पोस्टमा एक ट्विट गरेकी छिन्, जसमा दिपिका पादुकोणलाई लिएर आफ्नो कुरा राखेकी छिन् । वास्तवमा केहि महिना पहिले अभिनेत्रीले दिपिकाले रिपिट आफ्टर मी नामको एक पोस्ट गरेकी थिइन् र कंगनाले यसैलाई आधार बनाएर कटाक्ष गरेकी हुन् ।

ड्रग केसमा दिपिकाको नाम आएपछि कंगना रनौतले लेखेकी छिन्, ‘रिपिट आफ्टर मीः डिप्रेशन ड्रग्स लिनुको एक परिणाम हो । कथित हाई सोसाइटी ठुलो स्टारको बच्चाहरु जसले आफुलाई हाइ क्लासको दावी गर्छ र राम्रो मौका पाउछ, तपाइँको म्यानेजरसँग सोध्नुहोस् ? ’

कंगनाको यो पोस्टलाई केही मानिसहरुले आलोचना पनि गरेका छन्, जसमा कंगनाले जवाफ पनि दिएकी छिन् । कंगनाको पोस्टमा एकजना युजरले प्रतिक्रिया दिदै डिप्रेशन नशालु औषधीको दुरुपयोगको एक समृद्ध बच्चाको सिन्ड्रोमको परिणाम होइन । यस्ता काल्पनिक सम्बन्धको चित्रित गरेर मानिसहरुलाई कंलकित गराइरहेको समेत आरोप कंगनालाई आरोप लगाएका छन् ।

यस प्रतिक्रियाको जवाफमा कंगनाले दिपिकालाई मानसिक रोग बारेमा मात्र आफुले कुरा गरेका दिएकी छिन् । यदि कसैलाई डिप्रेशन भएमा नशालु् पद्धार्थको सेवन गर्ने पर्छ भन्दै एउटा उदाहरण दिएको स्पष्ट पारेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्