Logo

बाबुरामको प्रश्न : यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो ?



काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो राजाको निरंकुश पञ्यायती शासन हो कि ओलीको कमाउनिष्ट शासन हो ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो प्रश्न गरेका हुन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई टिचिङ अस्पताल नलगी जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको भिडिओ सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो? डा. के सी का जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक! स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. के सी ले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!#SaveDrKC



प्रतिक्रिया दिनुहोस्