Logo

सुशान्तसँग सारा अलि खानले हेभी ड्रग्स लिने रियाको दावी



एजेन्सी, ६ असोज । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ । एनसीबीले ड्रगको दुृष्टिकोणबाट लगातार नयाँ नयाँ खुलाशा गरिरहेको छ । रिया चक्रवर्तीलाई एनसीबीले ३ दिनको सोधपुछ पछि केहि दिन पहिले हिरासतमा लिएको थियो ।

आज पनि रियाले अदालतमा जमानतको लागि मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दा अस्विकार गरेपछि रिया न्यायिक हिरासतमा अब अक्टोबर ६ सम्म बस्नुपर्ने भएको छ । रियाले ड्रग खरिद गर्ने गरेको स्विकार गरेपछि उनलाई एनसीबीले गिरफ्तार गरेको हो ।

रियाले केही समय पहिले सुशान्तको डरको कारण कहिल्यै पनि ड्रग आफुसँग नराखेको बताएकी छिन् उनले आफ्नो स्टाफको सहयोग लिन्थिन् । रियाले सुशान्तले पहिलो पटक सारा अलि खानको साथमा ड्रग्सको हेभी डोज लिएको खुलाशा गरेकी थिइन् ।

समाचार एजेन्सीका अनुसार रियाले फिल्म ‘केदारनाथ’को सुर्टिङको समयमा सुशान्तले ड्रग्स भारी मात्रामा लिइरहेका थिए । रियाले एनसीबीलाई सुशान्त एक ड्रग एडिक्ट बनिसकेको बताएकी थिइन् । लतबाट बाहिर निस्कन उनलाई धेरै मुस्किल भएको थियो । ‘केदारनाथ’ को सुर्टिङको क्रममा सुशान्तले ड्रग्सको हेभी डोज लिएका थिए, जहाँ पडाडमा पाउन गाह्रो थियो ।

केदारनाथ भन्दा पहिले कम मात्रामा ड्रग्स लिने सुशान्तले फिल्म गरेपछि ड्रग एडिक्ट भएका थिए । सुशान्तले क्युरेटेड मरिजुआना १० देखि २० थोपा लिन्थे र यसको नियमित सेवन गर्थे । सारा अलि खानलाई एनसीबीले भने हालसम्म सोधपुछ गरेको छैन ।

केही दिन अगाडी सुशान्तको साथी सैमुअलले सारा र सुशान्त एक अर्कामा डट गइरहेको र छिट्टै ब्रेकअप भएको खुलाशा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्