Logo

‘चीनले नेपाली भूमि अक्रिमण गरेको’ खबर भारतीय मिडियामा



काठमाडौं, ६ असोज । चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । चिनियाँ सैनिकले हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको खबर प्रकाशित गरेका हुन् ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले लाप्चा लिमी क्षेत्रको दुई किलोमिटर भित्र चीनले भवन बनाएको खबर प्रकाशित गरेको हो । लुम्चे लुम्ले क्षेत्र पर्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामालाई नै चिनियाँ सैनिकले उक्त क्षेत्रमा प्रवेश गर्न रोकेको समेत जनाइएको छ । यसबारेको रिपोर्ट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत पठाइएको भनिएको छ ।

स्रोतलाई उल्लेख गर्दै चीनले लाप्चा लिमी क्षेत्रमा केही वर्षयता सडक निर्माण गररहेको खबरमा उल्लेख छ । कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भुसामरिक दृष्टिले महत्वपूर्ण रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्