Logo

भँगेरा घरमा आएमा सुख शान्ति रहने विश्वास



पौराणीक मान्यता अनुसार भँगेरालाई एक शुभ पक्षीको रुपमा मानिएको छ । जसको घर वा आँगनमा भँगेरा सधै आइरहन्छन् उक्त घरमा सुख र शान्ति बनिरहन्छ । भारतमा भँगेराको संरक्षणको लागि राजकिय पंक्षी घोषणा गरिएको छ । कला, सस्कृति एंव युवा विभाग र पत्रिकाको नाम पनि भँगेराबाट नै राखिएको छ ।

भँगेरालाई बचाउनको लागि विभिन्न कदम चालेर राजकीय पक्षी घोषणा गरेपनि त्यहाँ भगेरा जोखिममा परेको छ । दिनप्रतिदिन सख्या घट्दै गएको छ । पहिले पहिले त कोठामा अचानक पस्ने र पंखामा छुने गर्ने भँगेरा देख्न नै मुश्किल परेको छ ।

एक रिसर्चका अनुसार शहरमा मोवाइल टावरको सख्या बढ्दै गएकोले भगेरा लोप हुँदै गएका हुन् । वास्तवमा टावरबाट विशेष प्रकारको तरगं निस्कने हुनाले उक्त तरङ्गले भँगेराको प्रजनन क्षमता प्रभावित हुन्छ ।

आन्ध्र विश्वविद्यालयले गरेको अध्ययनमा पंक्षी वैज्ञानिकले पछिल्लो समयमा भँगेरा ६० देखि ८०% कम भएको छ । यो स्थिती धेरै चिन्ताजनक हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्