Logo

वैवाहिक जिन्दगीबाट छुटकारा गराइदिने यो होटल



दुर्भाग्यले यदि कसैको वैवाहिक जीवन खुशी छैन भने पति पत्नीबाट छुटकारा पाउन यस होटलमा गएमा ४८ घन्टामा छुटकारा दिने विश्वास गरिन्छ । हल्यान्डमा बनाएको यस होटलको नाम ‘हार्टब्रेक होटल’ हो ।

नेदरल्यान्डमा भएको एक रहस्यमयी होटलको बारेमा आज हामी चर्चा गर्नेछौ, जहाँ विवाहित जोडी धेरै आउँछन, तर त्यहाँ आउने जोडीहरु होटलबाट बाहिर निस्केपछि सम्बन्ध टुट्छ । यसै कारण यस होटलको नाम डाइवोर्स होटल राखिएको छ । कसैले त यस होटललाई हार्टब्रेक होटल पनि भन्ने गर्छन् ।

उक्त होटलमा विवाहित जोडीलाई बकैदा वकिलको व्यवस्था गरिएको हुन्छ । त्यस होटलमा बाल मनोवैज्ञानिक र वित्तिय सल्लाहकार समेत राखेर सम्पत्ति ऐजेन्टको पनि व्यवस्था गरिएको छ । यस होटलमा वैवाहिक जोडिलाई मात्र प्रवेश दिइन्छ । तर होटलबाट बाहिर निस्कदा चेक आउटमा मात्र जोडीहरुको सम्बन्ध विच्छेद हुन्छ ।

वास्तवमा त्यँहा सम्बन्ध विच्छेद गर्ने मनासायले जोडीहरु पुग्ने गरेका धेरै हुन्छन् । जो वैवाहिक जीवनमा खुशी छैनन् । उक्त होटलले वैवाहिक जोडीलाई सम्बन्धको बारेमा बताइदिन्छ र सम्बन्ध विच्छेद गर्नलाई मौका दिन्छ । होटलमा कागजात तयार गरेर अर्कोदिन अदालतलाई सुम्पिदिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्