Logo

मलमासमा यी कार्य गर्न वर्जित



असोज २ गतेबाट अधिकमास अर्थात मलमास सुरु भएको छ, यो एक महिनामा समाप्त हुनेछ । यसलाई मलमास, पुरुषोत्तम मास र अधिक मास नाम आदीले चिनिन्छ । अधिक मासमा मांगलिक कार्य गर्नुहुँदैन ।

मलमासमा यी कार्य गर्न वर्जित

विवाह, वैवाहिक टिकाटालो, गृह निर्माणको सुरुवात, गृह प्रवेश, मुन्डन, सन्यास, नववधुको प्रवेश, देवी देवताको प्राण–प्रतिष्ठा, यज्ञ, ठुला पुजा–पाठको शुभारम्भ, श्राद्ध, तलाउ खन्ने काम जस्ता पवित्र कार्य गर्नुहुँदैन । मलमासमा रोग निवृत्तिको अनुष्ठान, ऋण तिर्ने कार्य, शल्य क्रिया, सन्तान जन्माउने सम्बन्धि कर्म गर्नु हुँदैन । यस महिनामा व्रत, दान, जप गर्नेलाई अवश्य फल प्राप्त हुनेछ ।

चन्द्र र सुर्य वंशमा सामजस्य स्थापित गर्नको लागि तेस्रो वर्ष पंचांगमा एक चन्द्र मासको वृद्धि हुन्छ । यसैलाई अधिक वा मलमास भनिन्छ । सुर्य वंशको मान ३६५ दिनबाट केहि अधिक चन्द्रमास ३५४ दिनको हुन्छ । दुवैमा करीब ११ दिनको अन्तर समाप्त गर्नको लागि ३२ महिनामा अधिक मासको योजना बनाएको हुन्छ । जुन पुर्णतः विज्ञान सम्मत हो ।

अधिक मासमा शुभ फल पाउन भगवान शालिग्रामको पुजा विधि अनुसार गर्नुपर्छ । मलमासको पहिलो दिन शालिग्राम स्थापित गर्नुपर्छ । शुद्ध जलमा गंगाजल मिलाएर श्री विष्णुजीको ध्यान गरेर स्नान गर्नुपर्छ । धार्मिक ग्रस्थको सहयोगमा

के के चढाउने

शालिग्राम विग्रहमा चन्दन लगाएर तुलसीको पात, सुगन्धित फुल, नैवेद्य, फल, आदी अर्पित गर्ने । यसको साथमा श्रीमदभागवत कथा, गीताको पाठ, श्री विष्णु सहस्नामको पाठ गरेर अधिकमासमा पुजा गर्नुले विशेष फल प्राप्त हुन्छ ।

यो वर्ष मलमासमा यस्तो छ खास संयोग

यसपटकको मलमासमा शुभ संयोग मिलेको छ, जुन १६० वर्ष पहिला परेको थियो । सन् २०३९ मा पनि यस्तै संयोग परेको थियो । यस वर्ष संयोगलीप इयर र आश्विन महिना दुवै एकैपटक परेको छ । यस्तै संयोग १८६० मा पनि बनेको थियो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्