Logo

गगन थापाले भने : सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा!



काठमाडौं, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, सांसद तथा पूर्व मन्त्री गगनकुमार थापाले सत्याग्रही डा. गोविन्द केसीमाथि दुर्व्यवहार भएकोमा आपत्ति जनाएका छन् । उनले केसीमाथिको दुर्व्यवहारलाई क्रुरताको पराकाष्टाको संज्ञासमेत दिएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले लेखेका छन्,‘सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा।गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।’



प्रतिक्रिया दिनुहोस्