Logo

कोरोनाले आमा बितेपछि छोरा संक्रमितः सेनाको पाँचखाल ब्यारेकमा ७८ जनालाई संक्रमण



काभ्रे, ७ असोज । भुम्लु गाउँपालिका वडा नम्वर २ घर भएकी ५६ बर्षिया महिलाको कोरोनाकै कारण भदौ ३१ गते काठमाडौ मेडिकल कलेजमा उपचार गर्दा गर्दै निधन भयो । आमाको निधन भए पछि छोरामा पनि संक्रमण पुष्टी भएको छ । भदौ ७ गते महिलालाई ज्वरो र दम बढे पछि उपचारका लागि काठमाडौ लगिएको थियो । उपचारका क्रममा महिलामा दमका कारण खोकी बढेको र निमोनिया समेत भएको पुष्टी भएको थियो ।

अस्पतालले पहिलो पटक महिलामा गरेको कोरोना परिक्षण समेत नेगेटिभ आएकाले सामान्य अवस्थाबाटै उपचार भईरहेको थियो । दोश्रो पटक अस्पतालले भदौ २७ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन ग¥यो । २८ गते महिलामा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारार्थ महिलामा २० दिन पछि कोरोना देखिए पछि अस्पतालको चरम लार्पवाहि भएको परिवारले गुनासो गरेका थिए ।

‘पहिलो पटक नेगेटिभ रिपोर्ट आएर निरन्तर उपचार भईरहेको अवस्थामा दोश्रो पटक त्यहि अस्पतालमा भर्ना भईरहँदा उहाँमा पोजेटिभ देखिनु अस्पतालको लार्पवाहि हो’–महिलाको छोराले भन्नुभयो–‘कोभिड पोजेटिभ भए पछि आमालाई हेर्न र छुन पनि दिईएन भदौ ३१ गते उहाँको निधन भएको जानकारी गराईयो ।’ आमाको निधन भएर किरिया बसे पछि छोराको परिक्षण गरिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्