Logo

कैदी बन्दीको मृत्युको विवादास्पद भिडियोबारे वीर अस्पतालको आपत्ति



काठमाडौँ, ७ असोज । वीर अस्पतालमा मृत्यु भएका एक कैदी बन्दीको शवबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा आएपछि अस्पतालले विज्ञप्ति निकाल्दै उक्त घटनाबारे तथ्य सार्वजनिक गरेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा सड्न गल्नसक्ने भन्दै गलत प्रचारवाजी नगर्न आग्रह गरेका छन् । रुपन्देहीका ६३ वर्षीय कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएपछि उनको हत्या गरिएको भन्दै मृतककी छोरी लगायत आफन्तले अस्पतालमा पुगेर विरोध जनाएपछि कस्पतालमा भीड लागेको थियो ।

चिकित्सकले भने ती कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको र केही दिर्घरोग समेत रहेको बताएका छन् । साथै निजको आँखा झिकेको, घाँटी काटिएको जस्ता कुरालाई अफवाह भन्दै अस्पतालले कोरोना त्रासले गर्दा पोस्टमार्टम र अन्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रामक समाचार सम्प्रेषण भएकोमा अस्पतालले आपत्ति जनाएको छ ।

ुशवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको र घाँटी काटिएको जस्ता भ्रामक समाचार सम्प्रेषण भएकोमा ती समाचारमा कुनै सत्यता र यथार्थ छैन,ु डा अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

साथै मृतकका परिवार पनि मृत्युपछि नै अस्पताल पुगेका थिए । यस्तै मृतकका आफन्तले सहमति नदिँदा अन्त्यष्टि हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार केन्द्रीय कारागार सुनधारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भर्ना गरिएको हो । र ४ गते मृत्यु भयो ।

कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले पनि कैदीबन्दीको मृत्युबारे विवादास्पद सूचना आएपछि त्यसको निरीक्षण गरिएको बताएका छन् । तर प्रहरी, कारागार र स्वास्थ्यकर्मीसहितको रोहवरमा शव अवलोकन गर्दा हल्ला गरिए जस्तो चोटपटक नदेखिएको बास्कोटाले बताएका छन् ।

रुपन्देहीका सिदार्थ नगरपालिका(५ का ६३ वर्षीय पुरुष ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल जीवन काटिरहेका थिए । बास्कोटाका अनुसार उनमा केही वर्षदेखि पार्किन्सनको समस्या भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्