Logo

सञ्चय कोषको अगुवाइमा बनाइँदै बेतन कर्णाली जलविद्युत् आयोजना



काठमाडौं, असोज ७ । अल्पकालीन निक्षेप लिएर जलविद्युत् जस्ता दीर्घकालीन आयोजनामा लगानी गर्नुपर्ने भएकोले आपूmहरूले ठूलो जोखिम बेहोर्नुपरेको भन्ने गुनासो नेपालका बैंक र वित्तीय संस्थाहरूको हुने गरेको छ । यस्तो अवस्थामा कमर्चारी सञ्चय कोषले आफू र आफ्ना सञ्चयकर्ताको समेत लगानीमा सुर्खेत र अछाम भएर बहने कर्णाली नदीमा बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्दै छ ।

यो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कं।लि। र सर्वसाधारणको पनि लगानी रहनेछ । विभिन्न देशमा कर्मचारी सञ्चयकोष जस्ता संस्थाहरूले नै जलविद्युत्मा लगानी गरेका सफल उदाहरणहरू छन् । यस्ता संस्थाहरूका निक्षेपकर्ताले जम्मा गरेको निक्षेप वर्षौंपछि भुक्तानी गर्नुपर्ने हुँदा संस्थालाई जलविद्युत् जस्ता पूर्वाधार परियोजनामा गरेको लगानीबाट तत्कालै फाइदा उठाउनुपर्ने दबाब कम हुन्छ । यसले गर्दा कर्मचारी सञ्चयकोषले ठूलो आयोजनामा लगानी गर्नु सकारात्मक मान्नुपर्छ ।

बेतन कर्णाली आयोजनाको उपल्लो तटमा ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना तथा तल्लो तटमा १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजना रहेका छन् । यो आयोजनाको प्रस्तावित पावरहाउस ९विद्युत्गृह०सम्म सडक बाटो पुगिसकेको छ भने बाँध क्षेत्र तथा परियोजनाका अन्य संरचनासम्म पुग्न करीब २० किलोमिटर बाटो बनाउनुपर्ने हुन्छ । कम्पनीले ६८८ मेगावाटको आयोजनाको अध्ययन गर्ने इजाजत पाए पनि थप अध्ययनपछि लाभ लागतको हिसाबले करीब ४४० मेगावाटको आयोजना बनाउँदा सबैभन्दा उपयुक्त हुने देखिएको छ । आयोजनाले १४० मिटर अग्लो बाँध बनाएर विद्युत्को माग कम हुने दिउँसो र रातिको समयमा ३ करोड ६० लाख घनमिटर पानी सञ्चय गरी बिहान र बेलुका ६–६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेगरी यो आयोजनाको निर्माण गरिँदै छ । बाँधबाट ५३६ घनमिटर पानी फर्काई करीब दुई किलोमिटर लामो तेर्सो सुरुङबाट सर्ज साफ्टसम्म पु¥याइनेछ । र, त्यहाँबाट फलामे पाइपबाट पानी करीब १०० मिटर झारेर ४३१ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यसैगरी आयोजनाको बाँधबाट पर्यावरणका लागि अविरल छाड्नैपर्ने पानीबाट करीब ८।७ मेगावाट विद्युत् वर्षैभरि उत्पादन गरिनेछ ।

यो आयोजनाबाट उत्पादित विद्युत् करीब ५ किलोमिटरको दूरीमा रहेको बाघमारा सबस्टेशनसम्म पुर्‍याई राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाले वार्षिक रूपमा २ अर्ब ३० करोड युनिट विद्युत् उत्पादन गर्नेछ । आयोजना निर्माण गर्न करीब ६ वर्ष र झण्डै ९४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजना अध्ययनकै क्रममा भएकाले यसका संरचना, खर्च र निर्माण अवधि पनि परिवर्तन हुन सक्छन् । यो आयोजनाको वित्तीय व्यवस्थापन समेत भइसकेको छ, जस अनुसार बैंकहरू ४९ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् ।

बेतन कर्णाली आयोजनामा बैंकका अलावा सरकारी कर्मचारी, सार्वजनिक संस्था तथा सर्वसाधारण जनताको समेत लगानी रहने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot