Logo

सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण



कैलाली, असोज ७ । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७६ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत ४१ हजार ८ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १६ हजार ६ सय ९९, जिल्ला अस्पताल डोटीको प्रयोगशाला मार्फत तीन हजार चार सय ७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत एक सय ९३ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब संकलन गरिएकोमा एक हजार चार सय नौँ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस्