Logo

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटोफिचर)



काठमाडौं, ७ असोज । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा उनको आज अन्त्येष्टि गरिएको हो । शेर्पा परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सशस्त्र प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए। शेर्पाको किरिया खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्