Logo

वामदेव मन्त्री बन्छन् कि बन्दैनन् ? सूर्य थापाको यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले मन्त्रिमण्डल पूनर्गठनबारे प्रधानमन्त्री ओलीले छलफल गरिरहेको र यसबारेमा विशुद्ध प्रधानमन्त्रीले निर्णय लिने स्पष्ट पारेका छन् । उनकाअनुसार यसबारेमा प्रधानमन्त्री ओलीले कोर अफ टिमसँग छलफल गरिरहेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले मन्त्रिमण्डल पूनर्गठन कहिले हुन्छ ? भनेर आफुहरुले मिति तोक्न नसक्ने भन्दै यो प्रधानमन्त्रीले गर्ने कुरा भएको बताएका हुन् । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन आवश्यकत्ताअनुसार हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्